पूर्वाधार विकास बैंकले अन्य बैंकलाई दिएको सापटी नियमित कर्जामा गणना गर्न नपाउने

पूर्वाधार विकास बैंकले अन्य बैंकलाई दिएको सापटी नियमित कर्जामा गणना गर्न नपाउने

https://merolagani.com/NewsDetail.aspx?newsID=76572

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एक निर्देशिकामा पूर्वाधार विकास बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गर्ने सापटी कारोबारलाई नियमित कर्जा सापटी नभई अन्तरबैंक सापटीको रुपमा मात्र गर्न पाइने व्यवस्था गरेको छ। यस्तो सापटीको अवधि बढीमा ७ दिन हुनेछ।

यस्तै कर्जा लगानी बमोजिम असुल उपर गर्नु पर्ने सम्पूर्ण रकम असुल भइसकेपछि सुरक्षणवापत राखिएको धितो ५ कार्य दिनभित्र फुकुवाको लागि सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ ।

पूर्वाधार विकास बैंकको चुक्ता पूँजीको दुई प्रतिशतभन्दा बढी हुनेगरी संस्थापक सेयर खरीद गर्न चाहेमा संस्थापक संस्थापक बीचमा सेयर खरीद÷बिक्री गर्न वा हकप्रद शेयरको हक हस्तान्तरण गर्न केन्द्रीय बैंकको स्वीकृति लिनु पर्नेछ ।

यसैगरी कुनै व्यक्ति फर्म, कम्पनी, एकाघर परिवार वा संगठित संस्थाबाट संस्थापक सेयरमा लगानी गर्दा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त कुनै एक पूर्वाधार विकास बैंकमा बढीमा १० प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ। संस्थापक शेयर खरिद बिक्री गर्दा सो सम्बन्धी अवस्था सम्बन्धित संस्थाले यकीन गरेपछि मात्र संस्थापक सेयर खरीद÷बिक्री कार्य हुन सक्नेछ । यसअघि १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *