लाभांश वितरण र एफपिओ निष्काशनको प्रस्ताव पारित गर्न महुली लघुवित्तले डाक्यो साधारण सभा

लाभांश वितरण र एफपिओ निष्काशनको प्रस्ताव पारित गर्न महुली लघुवित्तले डाक्यो साधारण सभा

https://merolagani.com/NewsDetail.aspx?newsID=76590

लघुवित्तले पुस २४ गते, आफ्नो केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण, महुली सप्तरीमा नर्वौ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे सभा डाकेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर वितरण गर्ने, प्रिमियममा एफपिओ निष्काशन गर्ने, अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, रिक्त रहेको सञ्चालक समितिमा भएको मनोनयन अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा वितरण प्रयोजनार्थ लघुवित्तले पुस १२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश पारित गर्न सक्नेछन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *