आयात बढ्दा शोधनान्तर घाटा १५० अर्ब पुग्यो, असोजभन्दा ७५ अर्ब बढी

आयात बढ्दा शोधनान्तर घाटा १५० अर्ब पुग्यो, असोजभन्दा ७५ अर्ब बढी

https://merolagani.com/NewsDetail.aspx?newsID=76664


चार महिना भित्र नेपालमा रेमिट्यान्सको रुपमा ३१२ अर्ब ४२ करोड रुपैयाँ नेपाल भित्रिए पनि चुलिँदो व्यापार घाटा पुर्ति गर्न सकिने गरी रकम भित्रिन नसक्दा शोधनान्तर घाटा आकाशिएको हो । चार महिनामा नेपालले ८२ अर्ब १२ करोडको सामान निर्यात गरेर ६ सय ५० अर्ब २९ करोडको सामान आयात गरेको छ । चार महिनाको व्यापार घाटा मात्रै ५६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत ६ अर्ब ६३ करोड रुपैयाँ नेपाल भित्रिएको छ भने रेमिट्यान्समार्फत ३ सय १२ अर्ब ४२ करोड र सामान निर्यात गरेर ८२ अर्ब १२ करोड रुपैयाँ नेपाल भित्र्याएको छ तर नेपालले सामान किन्न मात्रै ६ सय ५० अर्ब २९ करोड रुपैयाँ नेपाल बाहिर पठाउँदा शोधनान्तर घाटा एकदमै डरलाग्दो गरी बढेर गएको हो ।

त्यसमाथि पर्यटन क्षेत्र ठप्प हुँदा खुद सेवा आय समेत ३१ अर्ब २० करोडले घाटामा रहेको छ । नेपालमा पर्यटकको आगमनमा खासै बाक्लिएको अवस्था छैन भने नेपालीहरु विदेश भ्रमण एवम् पढ्नको लागि विदेशिनेको संख्या बढ्दा सेवा क्षेत्र समेत नकारात्मक देखिन पुगेको हो । शोधनान्तर घाटाले नेपाल भित्रिने रकमभन्दा नेपालबाहिर जाने रकम बढी रहेको जनाउ दिन्छ ।

समीक्षा अवधिमा चालु खाता पनि २२३ अर्ब १९ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमीआई २ अर्ब ५२ करोड रुपैयाँ मात्रै रहेको छ । बढ्दो व्यापार घाटासँगै नेपालको विदेशी विनिमय सञ्चिति पनि विस्तारै घट्दै गएको छ । कात्तिक मसासन्तसम्म पुग्दा देशको विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर पुगेको छ । यो सञ्चितिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पर्याप्त रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *