कात्तिक एक महिनामा बैंकहरुले कमाए साढे ५ अर्ब नाफा, नाफामा एनआइसी एशिया, नबिल र ग्लोबल आइएमईबीच तिब्र प्रतिष्पर्धा

https://merolagani.com/NewsDetail.aspx?newsID=76648

कात्तिक महिनासम्मको तथ्याँक हेदा गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाउने नबिल बैंकसँग एनआइसी एशिया बैंक र ग्लोबल आइएमई बैंकको चर्को प्रतिष्पर्धा देखिएको छ।

यस अवधिमा एनआइसी एशिया बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको हो। उसले गत कात्तिक महिनामा मात्रै ४१ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ।

यस्तै कात्तिकसम्ममा धेरै नाफा कमाउने बैंकको दोस्रो स्थानमा नबिल बैंक रहेको छ। उसले ४ महिनामा १ अर्ब ५५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। नबिललाई पछयाउदै ग्लोबल आइएमई बैंकले पनि १ अर्ब ५५ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ। यी तीन बैंकले एक अर्का बैंकलाइै नाफामा उछिन्न प्रयास गरिरहेका छन्।

गत साउन महिनामा नबिल बैंकले सबैभन्दा धेरै ६१ करोड नाफा कमाएको थियो भने ग्लोबलले ४८ करोड र एनआइसी एशिया बैंकले ४१ करोड नाफा कमाएको थियो। भदौ महिनासम्ममा ग्लोबल आइएमई बैंकले ९८ करोड नाफा कमाएर अरु दुई बैंकलाई उछिन्यो, असोज महिनामा एनआइसी एशिया बैंकले १ अर्ब १८ करोड नाफा कमाएर पुनः अघि लाग्यो। असोजमा नबिल र ग्लोबलको नाफा करिब उस्तै थियो। यसरी यो ४ महिनाको तथ्याँकमा तीन बैंक चर्को प्रतिष्पर्धामा देखिन्छन्।

कात्तिक महिनासम्ममा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्शियल बैंक, एनएमबी बैंक, सिद्धिार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र प्रभु बैंकले १ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन भने बाँकी १७ वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँ भन्दा कम नाफा कमाएका छन्।

कात्तिकसम्ममा सेञ्चुरी कमर्शियल बैंकले सबैभन्दा थोरै ३१ करोड ४२ लाख नाफा कमाएको छ। उसले कात्तिक एक महिनामा ४ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ।

यसैगरी सिभिल बैंकले ३२ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ भने बैंक अफ काठमाण्डूले ३७ करोड ५८ लाख, हिमालयन बैंकले ४८ करोड ९४ लाख र नेपाल एसविआई बैंकले ५१ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका छन्।

कात्तिक महिनामा सिभिल बैंकले सबैभन्दा थोरै ३ करोड रुपैयाँ मात्र नाफा कमाएको छ भने नबिल बैंकले सबैभन्दा धेरै ४४ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *