धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्ने यस अघिको समिति खारेज, सरकारले गर्‍यो नयाँ समिति गठन गर्ने निर्णय

धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्ने यस अघिको समिति खारेज, सरकारले गर्‍यो नयाँ समिति गठन गर्ने निर्णय

https://merolagani.com/NewsDetail.aspx?newsID=76658

पुरानो समिति खारेज भएसँगै मन्त्रिपरिषद बैठकले नयाँ समिति गठन गर्ने निर्णय गरेको छ। “नयाँ समिति गठनका लागि मन्त्रीपरिषद बैठकबाट निर्णय भई आएको छ” अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रमेश कुमार केसीले मेरो लगानीसँग भने।

केसीका अनुसार निर्णयमा राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने व्यक्तिको संयोजकत्वमा समिति गठन गर्नु पर्ने भनिएको छ। सोही अनुसार प्रक्रिया अघि बढाइ सकिएको छ। प्रक्रिया अनुसार अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई सम्बन्धित क्षेत्र हेर्ने व्यक्ति पठाइदिन भन्दै पत्र लेखेको तर जवाफ भने आइ नसकेको केसीले बताए।

नयाँ समितिमा विज्ञ सदस्य भने परिवर्तन हुने पक्कापक्की भएकाे छ। तीन जनाको समितिमा एक जना विज्ञ रहने प्रावधान छ। यस अघिको समितिमा रहेकाे प्रा.डा. नरायण पौडेल स्थानमा डा. जीवनाथ धिताल रहने भएका छन्।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *