नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा महजोडी

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा महजोडी

https://merolagani.com/NewsDetail.aspx?newsID=76645

सो अवसरमा नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस भएकाे  बताए ।

कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरेका छन् ।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशको लगानी भएको,मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ‘ब्रान्ड एम्बेसडर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महसुस गरिरहेको बताएका थिए ।

 

यस सम्झौतापछि ब्रान्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्यहरु गर्ने छन् । हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।

मुलुकको कलाकारिता क्षेत्रमा विशिष्ट पहिचान भएका ‘ब्रान्ड एम्बेसडर’द्वयको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका सेवा सुविधासम्बन्धी जानकारी थप सहजरुपमा प्राप्त गर्न सम्भव हुने अपेक्षा कम्पनीको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *