शेयर बजारको वृद्धि टिकेन, कारोबार रकम भने बढ्यो

शेयर बजारको वृद्धि टिकेन, कारोबार रकम भने बढ्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=76656

यस दिन नेप्से सूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ०.८९ अंकले घटेको छ।

मंगलबार एकाएक १३७ अंकले बढेको नेप्से सूचकले बुधबार त्यो बढाइलाई निरन्तरता दिन सकेन। सुरुवाति समयमा नेप्से सूचक बढेको भए पनि बिक्री चाप बढ्दा नेप्से पुनः ओरालो लागेको हो।

यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँ बराबरको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर खरिद बिक्री भएको छ।

बुधबार सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको ७.७८ प्रतिशत, आँखुखोला हाइड्रोपावरको ७.७४ प्रतिशत, आइसीएफसी फाइनान्सको ६.६१ प्रतिशत र बेष्ट फाइनान्सको ६.५३ प्रतिशतले बढेको छ।

यता नयाँ सारथी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ भने जानकी फाइनान्सको ३.७७ प्रतिशत, मञ्जुश्री फाइनान्सको ३.४३ प्रतिशत र युनिलिभर नेपालको ३.१७ प्रतिशतले घटेको छ।

बुधबारको बजारमा महालक्ष्मी विकास बेंकको सबैभन्दा धेरै १६ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको १५ करोड ८४ लाख, अपि पावरको १३ करोड ८८ लाख, नबिल बैंकको १३ करोड २९ लाख र हिमालयन डिस्टिलरीको १२ कराेड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.२० प्रतिशतले बढेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *