सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

https://merolagani.com/NewsDetail.aspx?newsID=76624

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात पुस १ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले पुस १० गते सातौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले बगान फेमिली रेष्टुराँ एण्ड लाउन्ज बार, इटहरी, सुनसरीमा सभा डाकेको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

अघिल्लाे काराेबार दिन लघुवित्तकाे शेयर प्रतिकित्ता २ हजार २७५ रूपैयाँमा अन्तिम काराेबार भएकाे थियाे।

Leave a comment

Your email address will not be published. Required fields are marked *