४ महिनामा भित्रियो ३ खर्ब बढी रेमिट्यान्स, गत वर्षको तुलनामा साढे ७ प्रतिशतले घट्यो

४ महिनामा भित्रियो ३ खर्ब बढी रेमिट्यान्स, गत वर्षको तुलनामा साढे ७ प्रतिशतले घट्यो

https://merolagani.com/NewsDetail.aspx?newsID=76660

यो गत आर्थिक वर्षको तुलनामा ७.५ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको सुरुवातदेखि नै रेमिट्यान्स लगातार घट्दो क्रममा देखिएको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेर ९६ हजार ३८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । बैदेशिक रोजगारीमा जाने नेपालीहरुको सँख्या उच्च रुपले बढ्दै जाँदा पनि रेमिट्यान्स भने बढ्न सकेको छैन्।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २४९.१ प्रतिशतले बढेर ५९ हजार ७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले घटेर ३ खर्ब ४५ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *