merolagani – तीन लघुवित्तको शेयरमूल्य समायोजन

merolagani - तीन लघुवित्तको शेयरमूल्य समायोजन

https://merolagani.com/NewsDetail.aspx?newsID=76676

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात सपोर्ट लघुवित्तको शेयरमूल्य १ हजार ७६९ रुपैयाँ २३ पैसा, सूर्योदय लघुवित्तको १ हजार ४२७ रुपैयाँ ५० पैसा र वोमी लघुवित्तको १ हजार ३४० रुपैयाँ ८३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी तीन लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, सपोर्ट लघुवित्तको शेयर प्रतिकित्ता २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने सूर्योदय लघुवित्तको १ हजार ७१३ रुपैयाँ र वोमी लघुवित्तको १ हजार ६०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बिहीबार यी समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी लघुवित्तहरुको शेयर कारोबार खुल्नेछ।

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित पुस १६ गते शुक्रबार, होटल अरनिको, धुलिखेल, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरू हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सूर्योदय लघुवित्तसँग १ बराबर १ अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ। यसका, साथै मर्जरपश्चात बन्ने लघुवित्तको नाम सूर्योदय वोमी लघुवित्त कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पनि सो सभाले पारित गर्नेछ।

त्यस्तै, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBS) ले लाभांश वितरण तथा मर्जर प्रस्ताव पारित गर्न पुस १६ गते सहयात्री पार्टि प्यालेस गुडिखोला, स्याङ्जामा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सो सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने, वोमी लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने, मर्जपश्चात लघुवित्तको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था कायम गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। यसका साथै, गाभिएपश्चात गठन हुने सञ्चालक समितमा लघुवित्तको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु तोक्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

यता, सपोर्ट लघुवित्त वित्तीय संस्था (SMB) ले पुस १० गते सातौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले बगान फेमिली रेष्टुराँ एण्ड लाउन्ज बार, इटहरी, सुनसरीमा सभा डाकेको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १।५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *