थप ७ बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन

थप ७ बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन

https://merolagani.com/NewsDetail.aspx?newsID=76729

सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स तथा रिलायन्स फाइनान्स हालै उक्त प्रणालीमा थपिएका छन्।

यस अघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा आरटिजिएस प्रणाली सञ्चालनमा आइसकेका छन्। आरटीजीएस प्रणालीमा रहेका बैंक/वित्तिय संस्थामध्ये ४२ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटिजिएस सो प्रणालीमा जोडिएका हुन् ।

आरटीजीएस प्रणाली मार्फत् रु २ लाख भन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानीको लागिप्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधाप्रदानगर्न नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग जोडिन बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गर्न कनेक्ट आरटिजिएस प्रदान गरेको हो । आरटीजीएस प्रणालीको पहुच सँगै विधुतिय कारोबारको आकर पनि उल्लेखय बृद्धि हुने अपेक्षा गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *