नेपाल हाइड्रो डेभलपर्सको लाभांश प्रस्ताव, बुक क्लाेज कहिले?

merolagani - बुटवल पावरको लाभांश घोषणा

https://merolagani.com/NewsDetail.aspx?newsID=76730

कम्पनीले गत आर्थिक वर्षको संञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २९ करोड ९० लाख रुपैयाँको ७ प्रतिशत अर्थात २ करोड ९ लाख ३० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ११ लाख १ हजार ५७८ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

कम्पनीले लाभांश पारित गर्न पुस २८ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले पुस १३ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।
त्यस अनुसार पुस २७ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् ।

बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *