१२ वर्ष भन्दामुनिका बालबालिकाका लागि खोपको अनुमित पाएका छैनाै,अन्यका लागि खाेपकाे अभाव हुँदैन: स्वास्थ्य राज्यमन्त्री खापुङ

१२ वर्ष भन्दामुनिका बालबालिकाका लागि खोपको अनुमित पाएका छैनाै,अन्यका लागि खाेपकाे अभाव हुँदैन: स्वास्थ्य राज्यमन्त्री खापुङ

https://merolagani.com/NewsDetail.aspx?newsID=77452

भारइरसकाे तेश्राे लहर जाे ओमिक्राेन भाइरसकाे रूपले चिनिएकाे छ, याे पहिले जस्ताे घातक नहुने अनुमानमा सरकार छ । काेभिडसँग भिड्ने तयारी, खाेपकाे अवस्था, लकडाउनका स्वरूपलगायतका बिषयमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङसँग मेराे लगानीका उप सम्पादक सुवास निराैलाले कुराकारी गरेका छन् ।

 

पछिल्लो समय कोभिड सङ्क्रमण दर तीव्र गतिमा बढ्न थालेको छ। के छ मन्त्रालयको तयारी ?

गएका केही दिनदेखि कोभिड सङ्क्रमण बढ्दै गएको छ। फेरि बढ्ने क्रम तीव्र गतिमा छ। सङ्क्रमण बढ्दै गएको अवस्थालाई हेरेर सरकारले पनि जिल्ला गाउँ अनुसार योजना अघि बढाएको छ। प्रदेश र स्थानीय सरकारका प्रतिनिधि र अधिकारीहरुलाई त्यही अनुसारको अधिकारहरू प्रत्यायोजन गरेको छ। होसियारी अपनाउने,स्वास्थ्य मापदण्ड अपनाउने,ठूला ठूला भेला सभा समारोह आयोजना नगर्न मन्त्रालयले निर्देशन नै दिइसकेको अवस्था छ। सतर्कता अपनाउन कै लागि भनेर माघ १५ गते सम्म विद्यालय बन्द गर्न लगाइएको छ। तल्लो तहका स्वास्थ्य सेवा दिने निकायहरूलाई स्ट्यान्ड बाई राखिएको छ।

यी विविधि तरिकाले सतर्कता अपनाउँदै गर्दा खोप अभियान सबैभन्दा बढी प्रथितमामा राखिएको छ। हुन त खोप अभियान अहिले मात्रै होइन पहिलेदेखि नै सुचारु नै छ। तर पनि अझै तीव्रता दिने भन्ने हामीले निर्णय नै गरिसकेका छौ। माघ लागेपछि थप मात्रा दिने हाम्रो तयारी छ।

जो व्यक्ति फ्रन्ट लाइनमा बसेर काम गर्दै हुनुहुन्छ। पूर्ण मात्राको खोप लगाइ सकेको भएपनि उहाँहरुलाई थप मात्रा माघको पहिलो साताबाट सुरु गर्ने हाम्रो तयारी छ।

थप खोप भनेको कस्तो हो ? यस अघि दुई पटक लगाएकाहरूले फेरि लगाउने भन्नु भएको हो ?

जसले दुई पटक खोप लगाउनु भएको छ। त्यसलाई हामी पूर्ण मात्रा भन्छौ। कसैले एक डाेज लगाउँदै पुग्ने खोप लगाउनु भएको छ भने पनि हामी त्यसलाई पूर्ण मात्रा नै मान्छौ।

त्यस अनुसार सरकारको प्राथमिकता भनेको सबैलाई पूर्ण मात्रा दिने भन्ने छ। त्यसमा हामीले निरन्तर काम गरिरहेका छौ। त्यसको लागि खोप अभियान जारी नै छ।

तर यतिले मात्रै पुग्दैन। फ्रन्ट लाइनमा भएकाहरूलाई थप मात्रा दिनु पर्छ भन्ने मन्त्रालयले निर्णय गरेको छ। त्यस अनुसार पूर्ण मात्रा लगाइसकेकाहरूलाई हामी थप मात्रा दिँदै छौ। जसले पहिले नै दुई खोप लगाउनु भएको छ। उहाँहरुले थप मात्राको खोप पाउनु हुने छ।

त्यसमा पहिलो पंक्तिमा काम गर्ने,ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूले थप मात्रा माघको पहिलो साताबाट पाउनु हुने छ।

खोप लगाउने कुरा गर्दै गर्दा हामीसँग पर्याप्त खोप छ कि छैन ?

थप मात्रा दिने भनेको नयाँ खोप दिने भनेको होइन भनेर सबैभन्दा पहिले बुझ्नु पर्छ। पहिलो र दोस्रोमा जुन खोप लगाइयो त्यही खोप तेस्रो पटक लगाउने हो। जसलाई हामीले थप मात्रा भनेका हौ। नियमित लगाइरहन अहिलेलाई कुनै समस्या छैन।

पहिले पहिले खोप नै पर्याप्त नआएकोले गर्दा खोप कै हाहाकार हुन्छ की भन्ने डर सर्वसाधारणलाई हुनु स्वाभाविक हो। तर पहिलेको जस्ताे सरकारले खोप नै ल्याउन सङ्घर्ष गर्नु पर्ने अवस्था अहिले छैन। चाहिए जति खोप हामी ल्याउन सक्छौ। सर्वसाधारणले खोप नै नपाउने स्थिति हुँदैन।

अहिलेलाई स्टक नै पर्याप्त छ। फेरि आउँदै गरेको अवस्था पनि छन्। अर्डर भइसकेको अवस्था पनि छ। त्यसले गर्दा खोपकै कारण आत्तिनु पर्दैन।

खोपकै कुरा गर्दा बालबालिकालाई दिने भनेको खोपको कुरा कहाँ पुग्यो ?

१२ वर्ष भन्दा मुनिका बाल बालिकालाई पनि खोप दिने योजना सरकारले अघि बढाएकै हो। मन्त्रालयले पनि उक्त प्रक्रिया तीव्र गतिमा बढाएको थियो। तर अहिले त्यसले पूर्णता भने पाएको छैन। त्यसले पूर्णता नपाउनुको कारण चाहिँ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डको कारण हो। विश्व स्वास्थ्य सङ्गठनले १२ वर्ष भन्दा मुनिका बालबालिकालाई दिने खोपको अनुमति अहिलेसम्म दिएको छैन। फेरि उसले नै अनुमति दिएको खोप ल्याएर नेपालमा लगाउँदा अर्को अपजस आइलाग्न सक्छ। फेरि स्वास्थ्य सङ्गठनले नै अनुमित नदिएको खोप लगाउने कुरा पनि भएन । त्यही भएर त्यो प्रक्रिया अड्किएको हो।   

सतर्कता अपनाउँदै गर्दा सर्वसाधारणमा फेरि लकडाउन नै हुन्छ कि भन्ने त्रास व्याप्त छ। के यस पटक पनि लकडाउन नै गर्नु पर्ला कि नपर्ला ?

यो अलि जटिल प्रश्न भयो। प्रश्नले नै भविष्यका बारेमा सोधिरहेको छ। जुन कुरा न तपाईलाई नै भविष्यको बारेमा थाहा हुन्छ न त सरकारलाई नै। किनकि भविष्यमा कस्तो अवस्था हुन्छ भनेर अहिले नै हामीले आँकलन मात्रै गर्न सक्छौ। तर यही हुन्छ भनेर भन्न सकिन्न। त्यसैले पहिलेकै जस्तो लकडाउन हुन्छ या हुँदैन भन्ने प्रश्नको उत्तर दिनु पर्दा त्यो भविष्यले नै सिर्जित परिस्थिति अनुसार नै उत्तर दिन सकिन्छ।

 पहिलो लहर पनि हामीले खेप्यौ। दोस्रो लहर पनि हामीले भोगी सक्यौ। अहिले तेश्राे लहर भनिँदै छ। अहिलेको अवस्थासम्मलाई हेर्दा बन्दा बन्दी गर्नु पर्ने अवस्था देखिएको छैन। यसको विषयमा अहिलेसम्म कुरा पनि उठेको छैन। फेरि यो योजना बनाएर गर्ने चिज पनि होइन। महामारीलाई नियन्त्रण गर्न, यसलाई रोकथाम गर्नका लागि के के गर्नु पर्छ भनेर अनेक उपाय अपनाउने क्रममा ती अनेक उपाय मध्ये अन्तिम एक उपायमा लकडाउन पनि हो भन्ने कुरा हामीले हिजै बुझिसका छौ।

त्यस कारण हिजोको जस्तै गरेर सारा देश नै बन्द गर्ने स्थिति नै आउँछ जस्तो चाहिँ मलाई लाग्दैन। तर पनि बढ्दै गएमा जिल्ला अनुसार,ठाउँ अनुसार फरक फरक ढङ्गले कडाइ हुन सक्छन्। कुन ढङ्गले यो फैलिन्छ त्यही अनुसारको कडाइ गर्ने हाम्रो योजना छ। यसो भन्दै गर्दा कुनै ठाउँमा लक डाउन वा बन्दै गर्ने स्थिति पनि आउन सक्छ। केही केही कुराहरूलाई मात्रै बन्द गर्नु पर्ने कुराहरू पनि आउन सक्ला। त्यो परिस्थिति अनुसार नै होला। तर अहिलेदेखि नै कहिले कुन मितिमा कहाँ लकडाउन हुन्छ भन्न सकिँदैन।

 

अहिले फैलिरहेको सङ्क्रमण कतिको खतरनाक छ ?

स्वास्थ्य मन्त्रालयले  यो कति जोखिम युक्त छ कि छैन भनेर त्यस्तो कुनै निर्णय गरी सकेको छैन। ओमिक्रोन नाम गरेको तेस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। तर पहिलेको जस्तो त्यति खतरनाक छैन भनेर विश्व स्वास्थ्य सङ्गठनले पनि भनी राखेको छ। अर्को तर्फ अहिले फैलिरहेको सङ्क्रमणकै कारण मानिसहरूको अत्यधिक मात्रामा ज्यानै गइरहेको अवस्था पनि छैन। पहिलेको तुलनामा मानिसहरूको ज्यानै जाने अवस्था भने निक्कै न्यून छ। यो भन्दै गर्दा ढुक्क हुने अवस्था पनि होइन। त्यही कारण हिजोको जस्तो भयावह स्थिति हैन कि भनेर स्वास्थ्य वैज्ञानिकहरुले हामीलाई भनिरहेको अवस्था छ। तर यो पुष्टि नै गरेर त भनिएको हैन। तै पनि हिजोको जस्तो अवस्था नहोला कि भनेर हामीले अपेक्षा गरिरहेका छौ।

हिजोको जस्तो अवस्था नआओस् भन्नको लागि सतर्कता सबैभन्दा बढी अपनाउनु पर्छ भन्ने नै यहाँको तर्क रह्यो। तर यसो भन्दै गर्दा नाकामा चेकजाँच गर्नेहोल्डिङ सेन्टरहरू बनाउनेअस्पताल र स्वास्थ्य केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने विषयमा त्यति गम्भीरता देखाइएको छैन भनिँदै छ नि ?

बिलकुल गलत कुरा हो। हामीले सवै कसिमका सतर्कता अपनाइ रहेकै छौ। विदेशबाट आउनेलाई एयरपोर्टमा र स्थल मार्गबाट आउनेलाई नाकमा चेक जाँच गर्ने क्रम टुटेको छैन। त्यो निरन्तर नै छ। त्यहाँ केही सङ्क्रमण देखियो भने तिनीहरूलाई होल्डिङ सेन्टरमा लैजाने। आइसोलेसनमा राख्ने काम निरन्तर भइराखेका छन्।

तर यति भन्दा भन्दै पनि नेपाल खुला सिमाना भएको देश भएकोले को कहाँबाट आउँछन् जान्छन् भनेर कडाइका साथ निगरानी गर्न नसकिएको कुरालाई भने थोरै स्वीकार्नै पर्छ। त्यसैले गर्दा पनि पछिल्लो समय चाप बढेको हो। 

Leave a comment

Your email address will not be published. Required fields are marked *